संसद्मा पुष्पलालको ४६औँ स्मृति दिवसमा ‘पुष्पकमल’को नाम उच्चारण भएपछि…

लोकपथ
273
Shares
फाइल तस्बिर

काठमाडौं । सांसद किरण कुमार साहले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६आँै स्मृति दिवसको श्रद्धाञ्जली व्यक्त गर्दा नियमापत्ति भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका सांसद साहले पुष्पलालको ठाउँमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम उच्चारण गर्न पुगे ।

‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल…पुष्पलाल श्रेष्ठज्यूको ४६औँ स्मृति दिवसको उपलक्ष्यमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहान्छु,’ उनले भनेका थिए ।


उनले पुष्पलालको नाम उच्चारण गर्दा उस्तै नाम रहेको पुष्पकमल दाहालको नाम उच्चारण हुन पुगेपछि माओवादीले आपत्ति जनाएको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले ‘पुष्पलाल कि पुष्पकमल’ हो स्पष्ट गर्न माग गर्दै त्यसलाई रेकर्डबाट हटाउन समेत माग गरे ।

‘उहाँले पुष्पकमल दाहाल भन्नुभयो । उहाँले वास्तवमा के भन्न खोज्नु भएको हो ? वास्तवमा उहाँले कसरी लैजानु भएको हो, एउटा मान्यले बोल्दा आफूले के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ,’ उनले भने ।

त्यसपछि आफूले नाम उच्चारण गर्दा गलत भएको भन्दै क्षमा मागे । ‘मैले पुष्पलाल भनेको पुष्पकमल भन्न आएकोमा क्षमा माग्न चाहान्छु,’ उनले भने ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको आज ४६आँै स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?