संसद् विघटनबारे ओलीले आत्मसमीक्षा गर्नुपर्छ : चित्रबहादुर केसी

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली शर्मालाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै का अध्यक्ष चित्रबहादुर केसीले सो कुरा बताए ।

उनले यसअघि प्रधानमन्त्री भएका बेला गरेको संसद् विघटनबारे आत्मसमीक्षा गर्न आग्रह गरे ।

‘देशलाई प्रतिगमनतिर लगेको संसद्लाई दुई दुई पटक भत्काएको कुरा अहिलेसम्म सम्बन्धित नेताले सम्बन्धित साथीहरुले त्यो गल्ती भाको थियो । त्यो बिनाकारण दुईदुईपटक बिनाकारण तत्कालीन प्रधानमन्त्रीले बदमासी गर्नुभयो, गल्ती गर्नुभयो, प्रतिगमनतिर जानुभयो । त्यो बेठिक थियो भनेर आत्मआलोचना गरेको खै ?,’ केसीले भने ।

त्यसैगरी संविधान संशोधन नै गर्ने भएमा प्रदेश खारेजीका लागि गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?