बीपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो :  सभापति देउवा

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बीपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए ।

उनले भने, ‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी  लागेको  छ ।  बीपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो । बीपीका बारेमा मैंले  भन्ने  गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा हुनुहुन्थ्यो।  साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’

बीपी कोइराला आफ्नो सिद्दान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुने व्यक्ति रहेको सभापति देउवाको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?