काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।
अशोक राई नेतृत्वको जसपाले मन्त्रीमा प्रदीप यादव र रञ्जु ठाकुरको नाम छ भने राज्यमन्त्रीमा हसिना खानको नाम प्रधानमन्त्रीसमक्ष सिफारीस गरेको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै सो पार्टीबाट फुटेको राई नेतृत्वको जसपाले मन्त्रीको नाम सिफारीस गरेको हो ।
जसपाबाट मन्त्री सिफारिस भएकाहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो भने लागेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया