काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मागेका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले आज विश्वासको मत मागेका हुन् ।
कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका सांसदले उनलाई विश्वासको मत दिने देखिएको छ भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ ।
कार्की वैशाख २७ गते तेश्रो पटक मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया