कोशी प्रदेश सभाको बैठक सुरू, कांग्रेसद्वारा बहिष्कार

लोकपथ
56
Shares

काठमाडौं । कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने बैठक कांगेस बहिष्कार गरेको हो ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।

उक्त रिट सुनुवाइका लागि ९ जेठमा पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?