काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिनका लागि समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ।
सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा पनि यसअघिकै मागलाई निरन्तरता दिने निर्णय गरेको हो ।
मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। तर सरकारले संसदीय छानबिन समितिको माग सम्बोधन नभएमा भोलिको बैठकमा पनि अवरोध खडा गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
आफूहरुको माग यथावत रहेको र सरकारले समाधानको पहल नगरेका कारण बैठकमा आफूहरु पूर्ववर्ती रुपमै प्रस्तुत हुने उनले बताए।
सहकारीको अपचलनमा वर्तमान गृहमन्त्री लामिछाने मुछिएको आरोप लगाउँदै कांग्रेसले यसअघि संसद्का सबै बैठकमा निरन्तर आवाज उठाउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया