गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउने

लोकपथ
231
Shares

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको रिटमा सुनुवाइ सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त मुद्दामा दुवै पक्षका वकिलहरूले बहस गरिसकेका छन् भने रिटमाथिआजै फैसला हुने बताइएको छ । एमाले संसदीय दलका नेता अधिकारीले सभामुख कृष्ण धिताललाई पनि गणना गरेर प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए। प्रदेश प्रमुख भट्टले त्यसलाई मान्यता दिएर गत चैत २५ मा मुख्यमन्त्री नियुक्त गरेका थिए।

सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?