चट्याङमा परि १ को मृत्यु ३ घाइते

काठमाडौ । डडेल्धुरामा एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ ।

१३ बर्षिया परशुराम नगरपालिका ३ की संगीता भाटको चट्याङ लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान घरमा बसिरहेको बेला चट्याङ लागेर घाइते भएकी संगीतालाइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतक संगीता कक्षा ८ मा भागेश्वर मा वि स्कुलमा अध्यनरत थिइन् । उक्त स्थानकै अन्य ३ जना चट्याङका कारण घाइते अवस्थामा छन् । घाइतेमध्य १ जनाको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?