काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ ।
पूर्वमन्त्री समेत रहेका खान पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गाडी दुर्घटनामा परेको स्रोतले जनाएको हो ।
उनको मलेखुमा प्राथमिक उपचार गरेर काठमाडौं ल्याइएको छ । त्यस्तै गाडीमा को–को सवार थिए भन्ने खुलाइएको छैन ।
उनी काठमाडौंबाट बर्दिया जान सोमबार दिउँसो त्यसतर्फ लागेका थिए । उनको हात र टाउकोमा चोट लागेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया