काठमाडौं । विस्तारित मन्त्रिपरिषद्मा उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका जसपाका उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथग्रहण गरेसँगै मन्त्रालय पुगेर यादवले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै जसपाबाट नवलकिशोर साह सुडी समेत मन्त्री बनेका छन् । उनलाई नयाँ मन्त्रिमण्डलमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुडीले पनि शपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
गत फागुन २१ गते सोमबार भएको नयाँ सत्ता समीकरण अनुसारको मन्त्रिमण्डलमा २२ सदस्य पुगेका छन् । भने सरकारमा ४ उपप्रधानमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया