काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री मण्डलमा सहभागी भएका मन्त्रीहरुले सपथ लिँदै जिम्मेवारी पनि सम्हालेका छन्।
भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछानेसहितले वुधबार साँझ पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएपछि उनीहरु पदवहालीका लागि सिंहदबार पुगेका थिए।
सोमबार तीन जनाले बिना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् ।
योसँगै प्रचण्डको मन्त्रिमण्डल २० सदस्यीय बनेको छ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिष नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया