काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका विषयमा नेपाली कांग्रेसले इमान्दारिता देखाएको भए पनि माओवादीले राजनीतिक बेइमानी गरेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण निर्माण गरेपछि भिडियो सन्देश सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
‘हामी निर्वाचनमा जनतासँग जे कुरा भनेका थियौँ त्यसमा इमान्दार रह् यौँ तर माओवादी केन्द्रले राजनीतिक बेइमानी गर्यो ।’ थापाले भने ।
त्यस्तै गठबन्धन टुटेको विषयमा नेपाली कांग्रेसका नेताहरुको अभिव्यक्ति र महासमिति बैठकका प्रस्तुत भएका विषयले भएको भन्दै माओवादी केन्द्रका नेताहरुले आलोचना गरिरहेका छन् । तर त्यसमा कुनै पनि सत्यता नभएको र प्रधानमन्त्रीसहित माओवादी केन्द्रका नेताहरुले त्यसमा बहानाबाजी गरेको मात्रै बताए ।
त्यस्तै वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने समेत बताए ।
https://www.facebook.com/watch?v=1241598750148091
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया