काठमाडौं । नेकपा एकीकृत समाजवादी समान सहभागिता र भूमिका हुनेगरी सरकारमा सामेल हुने भएको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले विभिन्न विषयमा सकारात्मक भए सरकारमा सहभागि हुने निर्णय भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘नेकपा एसको समान सहभागिता र भूमिका रहने प्रधानमन्त्रीको प्रस्तावपछि हाम्रो पार्टी सरकारमा सामेल हुन लागेको हो ।’ उनले भने ।
आजको बैठकमा विभिन्न ४ विषयमा प्रधानमन्त्री सकारात्मक भएमा आफूहरु सरकारमा सहभागि हुने बताए ।
ती बुँदाहरु यस्ता छन्
- देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न
- राष्ट्रहितको रक्षा र सम्बद्र्धन गर्ने
- भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्ने विषयमा
- महंगी नियन्त्रण लगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने महत्वपूर्ण विषयमा छलफल गरेपछि मात्रै आवश्यक निर्णय गर्ने
माथि उल्लेखित विषयमा छलफलका लागि उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बोकेर अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया