रघुवीरको नेतृत्वमा एमाले सरकारमा जाने, यी हुन् मन्त्री बन्नेहरु

लोकपथ
749
Shares

काठमाडौं । नेकपा एमालेले सरकामा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ ।


नयाँ बनेको समीकरण अनुसार एमालेले ८ मन्त्रालयको जिम्मेवारी पाउनेछ ।


पार्टीका सचिव समेत रहेका रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो । स्रोतका अनुसार उनी उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नेछन् ।


अन्य मन्त्री बन्नेहरुमा हरि उप्रेती, दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी शाह, बलराम अधिकारी रहेका छन् ।


यसअघि नै बिना विभागीय मन्त्रीको रुपमा पदम गिरीले सपथग्रहण गरिसकेका छन् ।


सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहित नयाँ सत्ता समीकरण बनाएसँगै मन्त्रीमण्डल पुनगर्ठन हुन लागेको हो ।


सरकारमा सामेल हुने माओवादीसहित रास्वपाले समेत मन्त्रीको नाम टुंगो लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?