काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय लिने भएको छ ।
आज बालुवाटारमा बसेको वर्तमान सत्ता गठबन्धनको बैठकले रास्वपालाई गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने भएको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले रास्वपासहितको गठबन्धन बनाएसँगै रास्वपा सरकारमा सामेल भएको हो। यसअघि नै रास्वपाका उपसभापति समेत रहेका सांसद डोलप्रसाद अर्याललाई सरकारमा रास्वपाले पठाइसकेको छ ।
बिनाविभागीय मन्त्रीको रुपमा एक मन्त्री पठाइसकेको रास्वपाले मुख्य त गृहमा दाबी गरिरहेको थियो । गृहमा एमाले माओवादी र रास्वपासहितको दाबी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया