काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
नयाँ सत्ता समीकरण र अबको राजनीतिक यात्राबारे छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सत्ता समीकरण गरेर अघि बढेसँगै मंगलबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन गरेर जाने निर्णय गरेसँगै तनावमा रहेको कांग्रेस अन्य दलहरुसँग नयाँ गठबन्धन बनाएर सरकार बनाउने खेलमा लागेको छ ।
बैठक भोलि बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया