माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्दै

लोकपथ
651
Shares

काठमाडौं । नयाँ बन्ने मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने भएका छन् ।


मन्त्रालय नतोकिए पनि आफ्नो नाममा सहमति भएको तामाङले लोकपथलाई जानकारी दिए । लामो संघर्षपछि पार्टीले आफ्नो मूल्यांकन गरेको भन्दै तामाङले खुसी व्यक्त गरे ।


‘मेरो नाममा सहमति भएको छ । अहिले मन्त्रालय तोकिएको छैन ।’ तामाङले लोकपथसँग भने ।


तामाङ नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । तामाङ यसअघि पनि खेलकुुदमन्त्री भएका थिए ।


माओवादी एमालेसहितको गठबन्धनमा नयाँ मन्त्रीहरुले आजै सपथग्रहणको तयारी रहेको छ ।

नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।

उनीहरुको आजै सपथग्रहणको कार्यसूची रहेको छ । साँझ ५ बजे राष्ट्रपति निवासमा सपथग्रहण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?