देउवा र ओलीसँग बालुवाटारमा प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

लोकपथ
511
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे प्रधानमन्त्री प्रचण्डले दुई नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

उक्त विधेयक संसद्को कानुन समितिमा छ । समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?