सर्लाही । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित सोही नगरपालिका-१४ बस्ने ४६ वर्षीय धन बहादुर पाख्रिनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र।२-०३-०११ प ८३५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया