काठमाडौं । कुटपिटको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा बुधबार प्रहरीले वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।
बिहीबार काठमाडौं जिल्ला अदालतले वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
खतिवडालाई वाइबासहितको टोलीले कुटपिट गरेको भन्दै परेको उजुुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया