बालेनले काम गर्न नदिएको भन्दै महानगरकी कानुन अधिकृतले कानुनी उपचार खोज्ने, यस्ता छन् आरोपहरु

लोकपथ
6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बिना कारण जिम्मेवारी विहीन बनाइएको भन्दै एक कर्मचारीले कानुनी उपचारका लागि बाहिर निस्किन बाध्य पारेको आरोप लगाएकी छिन् ।

काठमाडौं महानगरको वरिष्ठ कानुन अधिकृत (आठाैँ तह) सस्मिता घिमिरेले एक वक्तव्य जारी गर्दै लामो समयदेखि मेयर बालेनको प्रशासनले आफूलाई बिनाकारण जिम्मेवार विहीन बनाउँदै मानसिक टर्चर समेत दिएको बताएकी छन् ।
सो विषयमा जान्न र बुझ्ने मौका समेत नदिएको र कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिएको कारण आफू कानूनी र पेशागत हक अधिकारका लागि बाहिर निस्किन परेको बताएकी छिन् ।

‘बिगत लामो समय देखि मेयर बालेनको प्रसासनमा बिना कारण र आधार किन कार्यजिम्मेवारी बिहिन बनाएको हो?? सो जान्ने बुझ्ने मौका समेत नदिई कामबिहिन बनाएर कार्यालय जादा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएको ले बाध्य भै आफ्नो कानुनी र पेसागत हक,अधिकारको लागी बाहिर निस्कन परे को हो ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

आफूले सो विषयमा मेयर बालेनको प्रशासन, उपप्रमुखसहित प्रवक्तालाई समेत जानकारी गराएको तर काम गर्ने वातावरण नभएको बताएकी छिन् । साथै आफूले त्यहाँ काम गर्न नदिने हो भने अन्य स्थानमा जानका लागि निवेदन दिँदा समेत त्यसको स्वीकृतीका लागि प्रमुख प्रशासकीय अधिकृतले फाइल कार्यपालिकामा लैजान रोकेको आरोप समेत लगाएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?