काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको निधन भएको छ । केहीबेरअघि गायक आचार्यको ललितपुरको मेडिसिटी अस्पताल लैजानेक्रममा निधन भएको हो ।
भजन शिरोमणीको उपाधी समेत पाएका आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको हो ।
आचार्य चर्चित गायकद्वय सत्यराज र स्वरुपराजका पिता हुन् ।
उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धान्जलीका लागि राखिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया