काठमाडौं । न्यायको मागसहित तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गरेका छन् ।
यसअघि भएको सहमती कार्यान्वयन नभइ समस्या झन बढ्दै गएपछि केही दिनअघि तराईबाट मिटरब्याज पीडितहरु काठमाडौं आएका थिए ।
काठमाडौंका विभिन्न स्थानमा आन्दोलन गरेका पीडितहरु आज संसद भवन प्रवेश गरेका हुन् ।
पीडितहरु आफूहरुलाई साहुले गाउँमा बस्न नदिएका कारण यहाँ आएको र समस्या समाधान नभइ घर नफर्किने बताउँदै आइरहेका छन् ।
त्यसो त संसदमा मिटरब्याज पीडितहरुको पक्षमा आवाज उठिरहेको छ । तर सरकार पक्षले त्यस विषयमा चासो दिइरहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया