काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूूल्यांकनको तथ्यांक सार्वजनिक गरेको छ ।
आयोगले प्रदेश र स्थानीय तहले गरेका काम कारबाहीका आधारमा तयार पारेको कार्यसम्पादन मूल्यांकनको तथ्यांकसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।
त्यस्तै सबैभन्दा कम कर्णली प्रदेशको रहेको छ । जसले २२ दशमलव ४३ अंक मात्र प्राप्त गरेको छ ।
त्यस्तै अन्य प्रदेशहरुमा कोशीले ३१.७९, मधेश प्रदेशले ३६.०९ बामगती प्रदेशले ३८.३७ प्राप्त गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशले ३२.२६ र सुदूरपश्चिम प्रदेशले ३०.९६ अंक प्राप्त गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणबाट औल्याएको बेरुजुको अवस्था, प्रदेश सरकारले आव २०७९÷८० को विनियोजित रकम अनुसार खर्चको अवस्था, आर्थिक वर्ष ०७९/८० मा प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्र राजस्व परिचालन गरेको अवस्था लगायतको मापदण्डका आधारमा प्रदेशको तहको मूल्यांकन गरि अंकभार सार्वजनिक गरेको हो ।
त्यस्तै आयोगले स्थानीय तहको समेत कार्यसम्पादन मूल्यांकनको आधारमा अंकभार सार्वजनिक गरेको छ ।
आयोगले स्थानीय तहको हकका पनि विभिन्न मापदण्ड राखेको छ । जसमा आर्थिक वर्ष २०७९/८० को राजस्व संकलनको अवस्था, आव २०७९/०८० को कुल विनियोजित रकम र खर्च तथा कुल विनियोजित पूँजीगत रकम र कुल विनियोजित पूँजीगत खर्च रकमको आधारमा मूल्यांकन गरेको हो ।
त्यस्तै आयोगले आर्थिक वर्ष ०७९/०८० को पालिका स्तरका विद्यालयमा रहेका विद्यार्थी संख्या तथा उनीहरुले कक्षा १० को परीक्षामा प्राप्त गरेको अंक समेत त्यसमा समावेश गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० को कुल लेखापरीक्षणको रकम र सोही आर्थिक वर्षमा भएको बेरुजुको अवस्थाको आधार समेत मूल्यांकनको मापदण्ड बनेको छ ।
त्यस्तै आफ्नो प्रदेश तथा स्थानीय तहले गरेको कामको आधारमा प्राप्त नम्बर नपुगेमा त्यसलाई सच्याउन सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन समेत सम्बन्धितमा आग्रह गरेको छ ।
आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश अन्तर्गत सबैभन्दा राम्रो कार्यसम्पादन गण्डकी प्रदेशले गरेको तथ्यांकले देखाएको छ । जसले ६३ दशमलव ४३ अंक प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया