चितवनमा युवकको हत्या

लोकपथ
280
Shares

काठमाडौं । चितवनमा एक युवकको हत्या भएको छ ।

आज बिहान खैरहनी नगरपालिका–२ स्थित चैनपुरमा युवाको हत्या भएको हो ।

हर्वल कम्पनीको पर्खाल नजिकै चक्कु रोपिएर हत्या भएको अवस्थामा युवाको शव फेला परेको जल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार हत्या भएका व्यक्ति स्थानीय २४ वर्षीय कृष्णकान्त खनाल रहेका छन् । प्रहरीले उनको हत्याको बारेमा अनुसन्धान गरिरहेको डिएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?