रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किर दिँदा एक जनाको मृत्यु

तौलिहवा । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी मंगलवार राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको हो । 

लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

ट्रकचालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२​ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?