काठमाडौं । अहिले संसदमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ ।
२०८० साल जेठ ४ गतेबाट सांसदहरुले प्रधानमन्त्रीसँग सिधै प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको थियो । बैठक बसेको प्रत्येक महिनाको पहिलो हप्ता सांसदहरुले प्रश्नोत्तर गर्न पाउने छन् ।
उक्त प्रश्नहरु पूर्व निर्धारित हुने भए पनि सांसदहरुले आफूले बुझाएको भन्दा फरक प्रश्न उठाएपछि प्रधानमन्धीमा कठिनाई देखिएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सांसद किरण कुमार शाहले चाडपर्वमा हिन्दूहरुमाथि अन्य धर्मावलम्बीहरुले आक्रमण गर्ने गरेको भन्दै प्रश्न उठाएका थिए ।
‘मेरो क्षेत्र लगायत देशभरी नै हिन्दू अल्पसंख्यक रहेको ठाउँहरुमा प्रत्येक चाडपर्वमा अतिवादीहरुले हिंश्रक आक्रमण भइरहेको छ । राज्यले के गर्दैछ ? धर्मनिरपेक्षता हिन्दूहरुको समुुल बिनासको लागि नै ल्याइएको हो । प्रधानमन्त्री ज्यूहरुसँग यो प्रश्न राखेँ । हिजै देखि नै मेरो निर्वाचन क्षेत्रमा कर्फ्यू जारी भइसकेको छ । मुुर्ति बनाउने विषयमा ।’ उनले भनेका थिए ।
तर सांसदहरुले पूर्व निर्धारित भन्दा पनि फरक प्रश्न उठाएको भन्दै आफूलाई त्यसले समस्या पारेको बताए । सांसदहरुले प्रधानमन्त्री कार्यालयलाई बुझाएको भन्दा फरक प्रश्नले संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोउत्तर नै के हुन्छ भन्ने जिज्ञासा रहेको बताए ।
‘सबैले यँही आएर प्रश्नमा प्रश्न थप्ने हो भने हाम्रो विधि प्रक्रिया अनुसार प्रश्नोत्तर कार्यक्रमकै अवस्था के हुन्छ भन्ने मलाई थोरै जिज्ञासा रहेको छ तै पनि तपाईंले हिन्दू राष्ट्रको बारेमा जे कुरा उठाउनु भएको छ त्यसलाई गम्भीरताका रुपमा लिइन्छ ।’ प्रधानमन्त्रीले भने ।
त्यस्तै सांसद शाहले उठाएका अन्य विषयमा भने प्रधानमन्त्रीले उत्तर दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया