हिजो एकीकरण भएको समाजवादी पार्टी नेपालको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ।
काठमाडौंको बुद्धनगरस्थित पार्टी प्यालेसमा नवगठित पार्टीको केन्द्रीय समिति बैठक हुन लागेको हो ।
तत्कालीन संघीय समाजवादी फोरमबाट २ सय ८० जना र नयाँ शक्ति पार्टीको १ सय ५० जना गरी समाजवादी पार्टीको केन्द्रीय समितिमा करिब ४ सय ३० सदस्य छन् ।
आजको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता, प्रदेश र जिल्ला तहको समायोजन, पार्टीको चुनाव चिन्हका विषयमा छलफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया