काठमाडौं । पोखरामा स्रोत नखुलेको ठूलो परिणाममा सुन तथा चाँदी बरामद गरिएको छ ।
पोखराको भैरवटोलबाट सुनचाँदीसहित एक व्यक्तिलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन कुमार थापाले ती व्यक्तिलाई पक्राउ गरिएको लोकपथलाई जानकारी दिए ।
‘हामीले ठूलो परिणाममा सुनचाँदी बरामद गरेका छौँ । साथै एक व्यक्तिलाई समेत पक्राउ गरेका छौँ ।’ उनले भने ।
पक्राउ पर्ने व्यक्ति पोखरामा सुनचाँदीको व्यवसाय गर्ने व्यक्ति रहेको स्रोतले जनाएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया