काठमाडौं । नेपाली कांग्रेसले फागुन ३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।
उक्त बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया