‘दलहरुले जनगुनासो सम्बोधन गर्नुपर्ने समय हो’

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जिम्मेवार दलहरुले जनगुनासो सम्बोधनको समय आएको बताएका छन् ।

सोनाम ल्होसारका अवसरमा राजधानीको टुँडीखेलमा शनिबार आयोजित कार्यक्रममा उनले सर्वसाधारण जनताले बिना भेदभाव सेवा पाउन सक्ने अवस्था सिर्जना गर्नुपर्ने भन्दै यसको लागि काम गर्नुपर्ने अवस्था आएको बताए । सुशासन, आर्थिक विकास र रोजगारी सिर्जनाका लागि राजनीति दलहरु कम्मर कसेर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हिजोभन्दा विकास त भएको छ तर सुशासन, आर्थिक विकास, रोजगारी सिर्जना, विकासका काममा कमी भयो त्यसकारण आज गुनासो हो । त्यो गुनासोलाई सम्बोधन गर्न निर्वाचित राजनीति दलहरु कम्मर कसेर लाग्नु पर्छ । यसका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्छ । जनताले कतै गएपनि सेवा लिनको लागि कसैको फोर्स लगाउन नपरोस्, बिना भेदभाव सेवा पाउन सक्ने हुनु पर्छ । हामीले जुन त्याग गरेर यो व्यवस्था ल्याएका छौ, त्यसको प्रतिफल पाउनको लागि अब काम गर्नुपर्ने समय हो ।’

उनले सत्ताको भागबन्डामा भन्दा पनि विकास, सुशासन र अर्थतन्त्र बलियो बनाउने तर्फ गम्भीर हुन आवश्यक भएको पनि बताए ।

नेपाल विकासको काममा पछाडि भए पनि फरक पहिरन, भाषा र संस्कृतिले धनी भएको भन्दै यो नै नेपालीको सबैभन्दा गर्व गर्ने पुँजी भएको बताए ।

उनले भने, ‘पूर्वाधार, आर्थिक विकासको हिसाबले नेपाल पछाडि नै छ, तर प्रकृतिको देन हिसाबले नेपाल संसारमा धेरै अगाडि छ । फरक परम्परा भए पनि सबैले सबैलाई आदर र सम्मान गर्ने गरेका छौ, यसमा आफ्नोपन छ, यो नै नेपालको पुँजी हो । यो दुनियाँमा कतै पनि हुँदैन, यसमा हामीले गर्व नै गर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?