काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज मुख्यमन्त्री कार्कीले ४ मन्त्री र दुइ राज्यमन्त्री थप गर्दै कोशी मन्त्रिमण्डलको संख्या १० पुर्याएका हुन् ।
मुख्यमन्त्री कार्कीले उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार,सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी रामलाई जिम्मेवारी दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफ्नै भागमा राखेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ४ महिनापछि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया