प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कुर्सी छाड्न बाबुरामको चेतावनी !

लोकपथ
539
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शिक्षा सुधारको लागि ‘बोल्ड डिसिजन’ गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।

पछिल्लो समय प्लस टू सकेपछि विदेश जाने विद्यार्थीहरुको संख्या बढेकोप्रति ध्यानाकर्षण गराउँदै डा. भट्टराईले यदी शिक्षामा आमुल परिवर्तन गर्न सक्ने निर्णय गर्न नसके राजीनामा दिए हुन्छ भन्दै चेतावनी दिएका छन् ।

ह्वाइटहाउस कलेजको लिट्रेचर फेस्टिबलमा सहभागि भएका डा. भट्टराईले त्यहाँका विद्यार्थीहरुलाई प्लस टू पछि के गर्ने भन्दै प्रश्न सोधेका थिए । सो क्रममा ८० प्रतिशत भन्दा बढी विद्यार्थीले विदेशको कुरा गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा देशका लागि खतराको घण्टी रहेको बताए ।

डा. भट्टराईले भनेका छन्, ‘काठमाण्डौको चर्चित स्कूलद्वारा आयोजित लिटरेचर फेस्टिवलमा हजार बढी उपस्थित विद्यर्थीलाई प्लस टू पछि को को विदेश पढ्न जाने तयारीमा छौरु भनी सोध्दा झण्डै असी प्रतिशतले हात उठाएको देखेर मनमस्तिष्क उद्वेलित भैरहेछ । यो देशको भविष्यकानिम्ति ठूलो खतराको घण्टी हो । प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विनम्र आग्रह छ । यो धरातलीय यथार्थलाई वेलैमा आत्मसात गरेर कि त शिक्षाक्षेत्रमा युग सुहाउककदो क्रान्तिकारी सुधार तुरून्त गर्नोस्, कि कुर्सी छोड्ने हिम्मत गर्नोस्, नत्र इतिहासले धिक्कार्नेछ ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?