काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूत नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले क्यानडाको आवासीय राजदूतमा भरतराज पौडेल र गणतन्त्र पोर्चुगलको राजदूतमा शनिल नेपाललाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम दुई देशको राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया