हेटौंडा । हेटौँडामा तीनवटा ट्रक एकआपसमा ठोक्किदा १० जना घाइते भएका छन् भने ३ जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित जैसिङमा शनिवार बिहान ९ बजे हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेहरुको उद्धार गरी ६ जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र ४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु रहेका छन् । घाइतेहरुको नाम सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया