बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

लोकपथ
154
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी छ ।

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे छलफल भइरहेको बताइएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?