संघीय संसदका नवनियुक्त महासचिव पाण्डेयले सम्हाले कार्यभार

लोकपथ
49
Shares

काठमाडौं । संघीय संसद सचिवालयका नवनियुक्त महासचिव पद्म प्रसाद पाण्डेयले कार्यभार सम्हालेका छन् ।

आज संघीय संसद सचिवालयमा नवनियुक्त महासचिव पाण्डेयले कार्यभार सम्हालेका हुन् ।

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेलाई नियुक्त गरेका थिए ।

यसअघिका महासचिव डा. भरतराज गौतमले गत मंसिर २४ गते राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर २७ गते गौतमको राजीनामा स्वीकृत गरेसँगै संघीय संसदको महाचिवको पद रिक्त रहेको थियो ।

आज सभामुख समक्ष पद तथा गोपनियताको शपथग्रहणसँगै आज कार्यभार सम्हालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?