काठमाडौं । संघीय संसद सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा १ बमोजिम पाण्डेयलाई महासचिव पदमा नियुुक्त गरेका हुन् ।
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
त्यस्तै आजै संघीय संसदको कार्यबाहक महासचिव समेत रहेका नेपाल सरकारको सचिव पदबाट पाण्डेयले राजीनामा दिएका थिए । सो राजीनामा आजै स्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया