संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न माओवादी सांसदलाई प्रधानमन्त्रीको निर्देशन

लोकपथ
56
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमबार बिहान सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले लिएको नीति र भइरहेका कामका बारेमा दरिलो भएर उभिन निर्देशन दिएका हुन् ।

‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माओवादीले ल्याएको दाबी गर्दै त्यसको रक्षा पनि माओवादीले नै गर्ने जिकिर गरे । त्यसका लागि विरोधीहरुका सामु व्यवस्थाको वैचारिक रुपमा प्रस्तुत हुन समेत आग्रह गरे ।

‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।’ उनले भने ।

नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि नयाँ पहल लिइएको बताउँदै सांसद र जनताको तर्फबाट त्यसमा सुझाव आवश्यक रहेको बताए । ।

त्यस्तै यही अधिवेशनबाट अहिले चर्चामा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पास हुने बताए ।
‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?