काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो ।
चीन सरकारको सहयोगमा २०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता उद्योग हाल बन्द अवस्थामा रहेको छ । चौधरीले त्यहाँको १० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया