काठमाडौं । व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गासम्बन्धी विवादमा उनलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले लोकपथलाई जानकारी दिए ।
‘जग्गा सम्बन्धी विवादमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।’ अधिकारीले लोकपथसँग भने ।
चीन सरकारको सहयोगमा २०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता उद्योग हाल बन्द अवस्थामा रहेको छ । चौधरीले त्यहाँको जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया