काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक थानबहादुर बुढासहित २ जनाविरुद्ध डिफ् युजन नोटिस जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
दुई जनाविरुद्ध नोटिस जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सर्वण विकले लोकपथलाई जानकारी दिए ।
त्यस्तै यसअघि सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस इन्टरपोलमार्फत् जारी गरिएको हो ।
सहकारी ठगी प्रकरणमा उजुरी जिप्रका कास्कीमा थुप्रै उजुरीहरु परेको थियो । त्यसका संस्थापक अध्यक्ष जीबी राईसहित अन्य व्यक्तिहरु फरार रहेका छन् । भने कतिपयलाई प्रहरीले पक्राउ गरेको छ ।
डिफ्युजन नोटिस जारी भएसँगै दोषी जुनसुकै देशमा रहे पनि ती व्यक्तिलाई इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया