कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दै, कसलाई कहाँ खटायो ?

लोकपथ
357
Shares

काठमाडौं । नेपाली कांग्रेसले चलाएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत विभिन्न जिल्लाका लागि नेताहरु खटाएको छ ।

शनिबार झापाबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

केन्द्रीय कार्यसमितिको निर्णय अनु्सार प्रदेशगत रुपमा नेताहरुको नाम तोकेको हो ।

जसमा कोशी प्रदेश अन्तर्गत झापा र सुनसरीमा डा. शेखर कोइराला, डा. नारायण खड्कालाई संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा, बलबहादुर केसीलाई मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर तोकेको छ ।

त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशका ४ जिल्लामा प्रकाशमान सिंह र महालक्ष्मी उपाध्याय डिनालाई जिम्मेवारी तोकेको छ ।
त्यसैगरी केही हिमाली जिल्ला र भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा भने अभियान नराखेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?