विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रमुखमाथि नै हातपात

लोकपथ
1.3k
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित अधिकृतमाथि प्रहरीले हातपात गरेको छ ।

शुक्रबार बिहान अध्यागमनका अधिकृत छाँयालाल मोक्तान आफ्नो ड्युटी सकेर फर्किने क्रममा प्रहरीले चेकजाँच गरेको थियो ।
सो क्रममा मोक्तानले किन चेकजाँच गरेको भन्दै दुईबीच भनाभन भएपछि विवाद उत्पन्न भएको थियो । सो क्रममा छाँयालाले हात हालेपछि त्यहाँ रहेका प्रहरीले हात हालेको बताइएको छ ।
सो क्रममा त्यहाँ ड् युटीमा रहेकासहित बाहिरबाट समेत प्रहरी आएर हात हालेका थिए ।

सो विषयमा बुझ्न अध्यागमनका प्रमुख गोगन हमाल त्यहाँ पुगेका थिए । उनले सिटिभिटी फुटेज हेर्न गएका थिए । सो क्रममा उनले घटनाबारे

त्यहाँ रहेका प्रहरीसमक्ष बुझ्दा उनीहरुले हमालमाथि पनि लात्ति प्रहार गरेको स्रोतले जनाएको छ ।

त्यसो त अध्यागमनका कर्मचारीमाथि किन बारम्बार चेक गरेको भन्दै भनाभन हुने गरेको थियो ।

भिजिट भिषामा विदेश जानेहरुलाई कडाई गरेपछि प्रहरी र अध्यागमनबीच केही विवाद रहँदै आएको छ । सो क्रममा आजको घटना हुन पुगेको विमानस्थल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?