राष्ट्रिय सभा : बागमतीमा गठबन्धनका चारै उम्मेदवार विजयी

लोकपथ
546
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट चारैजना गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट अन्य क्लस्टरका उम्मेदवार बनेका जितजंग बस्नेतले ६ हजार ५ सय ३१ मतभारसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् ।

त्यस्तै महिला तर्फबाट कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् । पुडासैनीले ६६२२ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् ।

त्यस्तै दलिततर्फबाट नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । उनले ६५१२ मतभार प्राप्त गरेका हुन् ।

त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धुु्रवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले ६३८३ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?