राष्ट्रिय सभा निर्वाचन : बागमतीमा ६ जनाले मतदान गर्न बाँकी

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जारी मतदान अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ ।
हालसम्म ६ जनाले मात्र मतदान गर्न बाँकी रहेको छ ।

अहिलेसम्म ११० जना प्रदेश सभा सदस्यमध्ये १०८ जनाले मतदान गरेका छन् । भने २४७ स्थानीय तहतर्फ २३३ जनाले मतदात गरिसकेका छन् ।हालसम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसहित नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङले मतदान गर्न बाँकी रहेको छ ।

बागमती प्रदेशबाट ४ जना राष्ट्रिय सभा सदस्य चुनिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?