काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका हरेक निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति भएमा मात्र देश बन्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले संविधानले परिकल्पना गरेको समाजका लागि आवश्यक कानुन बनाउन सिँगो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिड्न सुरु हुने बताए ।
‘राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने ‘सर्वदलिय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ ।’ लामिछानेले भनेका छन् ।
त्यस्तै व्यवस्थाका लागि लडेको भन्दै आजसम्म सत्ताका केही हाइज्याकरहरुको कारण देश बन्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । लामिछानेले आगामी २०८४ सालको निर्वाचनमा अहिलेका स्थापित दलहरुलाई परास्त गर्न सकेमा देश बन्ने दाबी समेत गरेका छन् ।
‘ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ । नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८÷१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।’ लामिछानेले भनेका छन्, स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ। अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले?? ८४ मा। हैट, चौराआआआआआसिमा?????!!!’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया