काठमाडौं । आजबाट स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसेर कथा श्रवण गरेर मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
आज पहिलो दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर स्वस्थानीको व्रत बस्ने चलन छ । बिहान माघ स्नान गरी नित्यकर्म गर्ने, मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
काठमाडौंको शालीनदीमा आजैबाट स्वस्थानीको मेला सुरु भएको छ । साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने मान्यता छ । जसकारण शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया