माघ २२ गते संघीय संसदको दुवै सदनको बैठक आह्वान

लोकपथ
42
Shares

काठमाडौं । आगामी माघ संघीय संसदको दुवै सदनको बैठक बस्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपरान्ह ४ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको थियो । सो अनुसार राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम त्यसलाई स्वीकृत दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?